अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२२ | Colorodo: 19:37

बेल्जियमका लागि नेपाली राजदूत थापाद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत

बिआरटीनेपाल २०७३ मंसिर २३ गते २३:०३ मा प्रकाशित

बेल्जियम, ०८ डिसेम्बर – आज बेल्जियम लगायत बेनेलक्स र बेनेलक्सका लागि नव नियुक्त नेपाली राजदूत महामहिम लोक बहादुर थापाले बेल्जियमका महाराज धिराज फिलिप लेओपोल्द लुद्विग मरिआ समक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

आज बुधवार महाराज धिराजको कार्यालय रोयल प्यालेस ब्रुसेल्समा भएको विशेष कार्यक्रममा नवनियुक्त नेपाली राजदूतले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन।

राजदूत लोक बहादुर थापाले सन् १९८९मा नेपाल प्ररास्ट्र शाखा बाट सेवा सुरु गरेका थिए। बेल्जियममा राजदूत नियुक्त हुनु अघि पासपोर्ट शाखामा महानिर्देशकको रूपमा कार्यरत थापाले यस अघि साउदी अरब, चिन र अस्ट्रेलियाको मिसनमा समेत अनुभव बटुलेका छन्।

थापाले अस्ट्रेलियामा उप-नियोग प्रमुखको रूपमा काम गरेर थिए। प्राय राजनीतिक भागबण्डामा राजदूत पाएको बेल्जियमले परराष्ट्रमा करिब तीन दशक लामो अनुभव भएका थापाबाट बेल्जियमको नेपाली समुदायले ठुलो अपेक्षा राखेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू