अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३० | Colorodo: 23:45

फ्रान्समा नयाँ प्रधानमन्त्री नियुक्त

बिआरटीनेपाल २०७३ मंसिर २१ गते १०:१४ मा प्रकाशित

पेरिस, मङ्सिर २१ गते । फ्रान्सका राष्ट्रपति फ्राँस्वा अलान्दले मङ्गलवार नयाँ प्रधानमन्त्री नियुक्त गर्नु भएको छ । यस अघिका प्रधानमन्त्रीले म्यानुएल भल्जले आगामी वर्ष हुन गइरहेको राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने निश्चयकासाथ प्रधानमन्त्रीबाट राजीनामा दिनु भएको हो ।

राष्ट्रपतिले वर्तमान गृहमन्त्री बर्नार्ड काजेनुभलाई निवर्तमान प्रधानमन्त्री म्यानुएल भल्जको ठाउँमा प्रतिस्थापन गर्नुभएको छ ।

यससँगै नयाँ प्रधानमन्त्री काजेनुभलाई आगामी जुनमा हुने संसदीय निर्वाचन गराउने मुख्य जिम्मेवारी आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू