अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५९ | Colorodo: 16:14

भट्टराई-यादव एकताले गति लियो, महेन्द्र र शरतसिंह पनि मिसिने

बिआरटीनेपाल २०७३ मंसिर १९ गते १९:५७ मा प्रकाशित

गत वर्षदेखि सुरू भएको नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच एकता प्रक्रियाले गति लिएको छ । शरतसिंह भण्डारी नेतृत्वको रासपा र महेन्द्र यादव नेतृत्वको तमसपा पनि यो शृंखलामा जोडिने बताइएको छ ।

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई निकट स्रोतले भट्टराई, यादव भण्डारी र महेन्द्र यादवबीच विभिन्न चरणमा कुराकानी भइरहेको जनाएको छ ।

भट्टराई र यादवबीच आइतबार पनि पार्टी एकताका विषयमा कुराकानी भएको थियो । ‘पार्टी एकताका लागि सैद्धान्तिक विषयमा करिब-करिब सहमति भएको छ, संविधान संशोधन हुन अघि एकता प्रक्रियामा धेरै कुरा नगर्ने सहमति भएको छ,’ ती नेताले भने । कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू