अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४९ | Colorodo: 06:04

पृथ्वीको बीच भागमा १५७ औं रक्तदानः फरक अनुभुति

बिआरटीनेपाल २०७३ मंसिर १० गते २०:१९ मा प्रकाशित

विश्वका करिब ४० देशका बिरामीहरूले उपचार गर्न आवश्यक रगत सजिलै पाउँदैनन् । त्यसमध्ये दक्षिण अमेरिकाको एक्वाडोर पनि एउटा देश हो । त्यहा करिब ४० प्रतिशत बिरामीहरूले रगत पाउँदा रहेनछन ।  मैले तीन महिनाअघि अफ्रिकाको मलावीमा अगष्ट २०२०१६ मा रक्तदान गरेको थिएँ । औलो प्रभावित देश गएकाले अमेरिकामा एक वर्षसम्म रगत दिन पाइँदैन । त्यसैले मैले पृथ्वीको बीच भागको एक्वाडोरका युवाहरूलाई रक्तदान गर्न हौसला प्रदान गर्न नोभेम्बर २२२०१६ मा १५७ औं रक्तदान गरें।

एक्वाडोर पुगेकै दिन नोभेम्बर २१२०१६ मा  राजधानी कुइटोको रक्तसंचार सेवामा गएँ । न्युयोर्कभन्दा कुइटो उच्च अल्टिच्युट स्थानमा रहेकाले मेरो ब्लड प्रेसर बढेर डाइसिश्टोलिक ११५ भएछ । रगत दिन १०० भन्दा कम हुनुपर्छ । न्युयोर्कदेखि एक्वाडोरका युवाहरूलाई रक्तदान गर्न उत्साहित गर्न आउनु र आफुले रक्तदान गर्न नपाउँदा धेरै खल्लो लाग्यो । सामान्यतया मेरो ब्लड प्रेसर हाइ नै छ । त्यसलाई नियन्त्रण गर्न हरेक दिन बेलुका ५० एम जी को मेटोप्रोलोल औषधि खाने गरेको छु । मन खिन्न पार्दै होटलमा बेलुकाको खाना खाइवरि करिब ९ बजेतिर सुत्न गएँ । रातको १२ बजिसक्यो निन्द्रा पर्दै परेन । त्यसपछि चिसो पानीले आधा घण्टा जति नुहाएपछि पुनः ओछ्यानमा गएँ । निदाउन आँखा बन्द गरेतर सकिन । धेरै समयपछि बल्ल उज्यालो भयो । सात बजेतिर फेरी नुहाइवरि होटलको लवीमा बसें ।

अघिल्लो दिन रक्तसंचार सेवामा मलाई भाषाको समस्या परेको थियो । एक्वाडोरका मानिसहरूले स्प्यानिस भाषा बोल्छन । अंग्रेजी बुझ्दैनन् । त्यसैले एउटी दोभाषेलाइ २५ डलर तिरेर आधा दिनका लागि सहयोग लिई पुनः रक्तदान गर्न गएँ । त्यहा उपस्थित भएका युवा-युवतीहरूलाई आफ्नो रक्तदानबारे अनुभव सुनाउँदै मैले पनि १५७ औं पटक रक्तदान गरे ।

कार्यक्रमपश्चात करिब १ घण्टा टाढा पृथ्वीको मध्य भागमा रहेको एक्वाडोर लाइन र ल्याटिच्युट ०-०-० भएको स्थानमा गएँ । आफ्नो पाइला लाइनमा राखे । एक्वाडोरको मनुमेन्टमा एउटा तराजु रहेछ । त्यसमा मेरो तौल पृथ्वीको बिच भागमा १८३ पाउण्डनर्थ पोलमा १८५चन्द्रमामा २९३ र सूर्यमा ५१३९ पाउण्ड हुने देखायो ।

मैले अब यो ब्रह्माण्डमा जाने ठाउँ र रक्तदान उत्प्रेरणा गराउन काहीं बाँकि रहेन। सबै ठाउँमा गरेपृथ्वीको पश्चिम उत्तरी भाग अलाश्कापूर्वी दक्षिणी भाग अष्ट्रेलियामध्य भाग एक्वाडोरसहित छ वटै महादेशका दशौँ हजारमा रक्तदान गर्न हौसला प्रदान गरेँ । त्यति मात्र होइनआफ्नो शरीरको अमुल्य रक्तदान गरि ति ठाउँहरूका बिरामीहरूलाई बचाउन सहयोग पनि गरेँ । अर्को अर्थमा मेरो रगत र जिन संसार भरि फैलिएको जस्तो अनुभुती भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू