अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:११ | Colorodo: 21:26

म पनि एउटा यात्री हुँ

बिआरटीनेपाल २०७३ मंसिर ३ गते २१:५२ मा प्रकाशित

करौडौको बिच एउटा भात्रि हुँ
सूर्य कुरीरहेको अन्तिम रात्रि हुँ
यात्रा कुरिरहेको पहिला यात्री हुँ।

थाहा छैन कुन मन्दिर जाने हो
के को लागि पूजा गर्ने हो
पाप पखाल्न जाने कि
माफ माग्न जाने हो ?

मन्दिर खोजेर, पूजारी रोज्ने कि
पूजारी रोजेर मन्दिर खोज्ने हो
सामाग्री के के लाने हो
फुल अक्षेता कि रगत र बधशला

पूजारिले कसरी पूजा गर्छन्
के मन्त्र पढ्छन, कुन यन्त्र चलाऊछन
के भाषा बोल्छन
के आसा गर्छन्, मलाई थाहा छैन

सामाग्री भेट्टाये समग्र भेट्टिएन
देव भन्नेहरु धेरै देखे
तर देवता कतै देखिएन
रक्त भेटे, तर चन्दन भेट्टिएन

करौडौको बिच एउटा भात्रि हुँ
सूर्य कुरीरहेको अन्तिम रात्रि हुँ
यात्रा कुरिरहेको पहिला यात्री हुँ।
म पनि एउटा यात्री हुँ

प्रतिक्रिया