अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३८ | Colorodo: 22:53

अख्तियारका चार आयुक्त पनि धरापमा

बिआरटीनेपाल २०७३ मंसिर १ गते २०:१६ मा प्रकाशित

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका चार जना आयुक्तहरूको योग्यता नपुगेको उल्लेख गरी बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

नागार्जुना नगरपालिका ८ बस्ने दक्षबहादुर क्षत्रीले दायर गरेको रिट निवेदनमा अख्तायारका चार आयुक्तहरू दीपकुमार बस्न्यात, डा. सावित्री थापा गुरूङ, गणेशराज जोशी र नविनकुमार घिमिरेको आयुक्त हुनका लागि योग्यता नपुगेको दाबी गरिएको छ ।

नेपालको अन्तरिम संविधान २०६३ को धारा ११९ (५) (ग) म अख्तियारका आयुक्त हुनका लागि लेखा, राजश्व, इन्जिनियरिङ, कानुन, विकास वा अनुसन्धानको क्षेत्रमा २० वर्ष काम गरी अनुभव वा ख्याती कमाएको हुनुपर्ने स्पष्ट गरिएको छ ।

रिट निवेदनमा ती चार जना आयुक्तमध्ये कसैको पनि ती विषयमा अनुभव वा ख्याती नभएको उल्लेख गरिएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू