अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१२ | Colorodo: 02:27

बिशाल गौतमको ‘मैले हेल्लो भनेर बोलाएँ’मा निराजन र स्वस्तिमा (भिडियो सहित)

बिआरटीनेपाल २०७३ मंसिर १ गते ३:१५ मा प्रकाशित

गायक बिसाल गौतमको गीत ‘मैले हेल्लो भनेर बोलाएँ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक गौतमकै शब्द र संगीतमा रहेको ‘मैले हेल्लो भनेर बोलाएँ’ गीत माथी बनको म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको हो ।

गौतमको यस अघिकोे ‘गाजलु आँखाले’चर्चामा रहेको थियो । गीत लेखन र संगीत सृजनामा स्रोता दर्शकले रुचाएका गौतम चितवनका स्थायी बासिन्दा हुन् । उनको भर्खरै सार्वजनिक गीतको भिडियोमा दुई प्र्रेमीको प्रेमको कथालाई चित्रण गरिएको छ ।unnamed-5

निराजन प्रधान र स्वस्तिमा खड्काको अभिनय रहेको भिडियोलाई बिशाल भण्डारीले निर्देशन गरेका हुन् । हरि हुमागाईले खिचेको म्युजिक भिडियोमा निशान घिमिरेको सम्पादन रहेको छ ।

प्रतिक्रिया