अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५२ | Colorodo: 13:07

राजा विरेन्द्रको एउटै गल्ती उनि शान्ति प्रेमी हुनु-अब जनताले विकल्प खोज्नु पर्छ

बिआरटीनेपाल २०७३ कार्तिक २९ गते ५:४९ मा प्रकाशित

मलाई यो लेख लेखि राख्दा राष्ट्र विरोधीको रुपमा चित्रण नर्गलान भन्न सक्दीन । म वाक्क दिक्क भएर नलेखु भन्दा पनि मनै मान्दैन । कुरा हो राजनितिक अस्थीरता, असफल संविधान, लम्पसारबाद, कथित राष्ट्रबादी र धरासहिमा परेको लोकतन्त्र एव खल्लो राष्ट्रियता । च्याउजस्तै उम्रिएका पार्टीको त कुरै नगरौ आज जुट्छन भोली आफ्नो स्वार्थ पुरा हुन्न अनि फुट्छन । त्यस दिन पछि राजनितिमा मज्जाको गाईजात्रा देख्न, सुन्न पाईन्छ । अनि भोका मिडियामा सुरीलो भाका सगै घनघनी घन्कीन्छ तरङ्ग । यस्तै छ नेपाली राजनितिको विशेषता ।
राजनितिक अस्थीरता, खिचातानी, परिवारवाद र अरौटे भरौटे भएको नेपाल सायद धेरै अगाडी आउछ विश्वमान चित्रमा । यहाँ सत्तामोह कै कारण राजनितिक अस्थीरता भएको हो जुन पार्टी होस सत्तामा बस्नु पर्ने सत्ता बाहिर बस्दा सबै गुमे सरह ठान्ने राजनितिक दलहरु नत यीनीहरुले जनताको समस्या बुज्छन नत राष्ट्रको नै बस यति छ सत्तामा लामो समय टिक्नको लागि राष्ट्रीय मुद्धालाई नै धरापमा राख्न पछि पदैनन् अनि कसरी हुन्छ स्थीरता ? जुन जोगी आए पनि कानै चिरेको । सत्तामा पुगेपछि आफ्नो हैसियत देखाउन पछि पदैनन् । मलाई याद छ संविधान सभा चुनाब पुर्व नेपालको अन्तराष्ट्रिय सिमाना फिर्ता तथा स्थीर कायम गर, नेपाल भारत असमान सन्धी खारेज गर भन्ने पार्टी धेरै पटक सत्तामा पुगी सक्यो र अहिले पनि म्यादी सत्तामानै छ ठुला ठुला आश्वासन दिदै जनताको आखाँमा छारो हाल्दै सपनाको संसार बुन्दै सत्तामा पुगेका कथित राजनितिक दलहरुको भविष्य निधारर्ण गर्ने जनता सधै लोभीदै–लोभीदै आइरहेका छन अव जनताले राजनितिक दलको विकल्प खोज्नुको अरु कुनै विकल्प नै छैन चेतना भया ।

२०५२ सालदेखी गृह युद्ध सुरु भयो तत्कालिन राजा विरेन्द्रले चाहेको भए तत्कालिन विद्धोहीलाई समाप्त पार्ने थिए तर विरेन्द्र शान्तिबादी राजा थिए विद्धोही मर्नु भनेको नेपालीनै मर्नु हो भन्ने सोच विरेन्द्रमा र¥यो त्यही सोचले आज देश विखण्डन तर्फ लम्कीयो यति सम्म कि राजसंस्थानै निमोठिने गरी फाल्ने कोसिस गरियो । राजा विरेन्द्र सायद अलिकति निरकुंस भैदिएको भए यो अवस्था आउने थिएन होला तर निरकुंस हुन चाहेनन । राजा विरेन्द्रको स–परिवार रहस्यमय निधन भयो राजा ज्ञानेन्द्र राज–सिहासनमा बसे ६२\०६३ मा कथित जन–आन्दोलन पनि भयो तत्कालिन अवस्थामा भिड नियन्त्रण गर्नु राष्ट्र र जनताकै लागि थियो तर त्यसकार्यलाई राजनितिक भाषामा दमन भनेर परिभाषित गरियो, भिड नियत्रण गर्दा केही १८\१९ जना जनताको मृत्यु पनि भयो र राजा  ज्ञानेन्द्रलाई निरकुंस राजाले चित्रण गर्न थालियो । मलाई यहि विषयमा अचम्म लाग्छ । राजा ज्ञानेन्द्रले सत्ता छोडेपछि  कथित गणतन्त्र आएपछि राजनितिक दलको तर्फबाट गरिएका आन्दोलनमा मृत्यु हुने त कति छन कति, तराईमा मधेष आन्दोलनमा त झन सयौको मृत्यु भयो के त्यो दमन हैन ? टिकापुर काण्डमा दर्जनौको मृत्यु भयो के त्यो हिंसा हैन, नेपाल बन्द र अरु अन्य अनगिन्ती आन्दोलनमा दर्जनौको मृत्यु भयो के त्यो दमन हैन ? कुरा बुझ्नै गाह्रो ।

छिमेकी मुलुका प्रमुख आउदा लम्पसार पर्ने राजनितिक दलबाट हामी कसरी विस्वस्थ हुने ? गणतान्त्रीक संविधान असफल भैसक्यो अव पुर्ण असफल हुन केही महिना मात्र बाँकी छ त्यसपछिको अवपस्था के होला ? केही चिन्ता छ नेतालाई ? कथित नामका राष्ट्रबादी नेता सत्तामा टिक्नको लागि खोक्रो राष्ट्रवादी भाषण छोड्ने अनि सत्ताबाट बाहिरीए पछी साधारण जनता भैसकेका राजा ज्ञानेन्द्रलाई चुनौति र दिन गन्तीको हिसा गर्ने खोक्रा राष्ट्रबादी झनै खतरा हुन खै हामीले कुरा बुझेको ? त्यही स्पष्ट छ नेताको हैसियत ।

भारत नेपाललाई प्रयोग गरी चिनलाई दबाउन खोज्दै छ तर हामी कुरा बुझ्दैनौ । विस्तारबादी भारतले नेपाललाई कैले भलो चाहदैन थोरै भातमा ध्यू छर्किदिन्छ अनि हामी त्यही ध्यूमा मख्ख पर्ने कैले हो स्वभलम्बी बन्ने ? सियो देखी सबै भारतबाट निर्यात गर्नु पर्ने हामी परजिवी कैले हो सोच्ने आफै स्वभलम्बी बन्ने ? ६ महिना नाकाबन्दी लगाउदा टाट पल्टीने हामी ताइन तुइको अरुको विरोध गर्न पछि पर्दैनौ । पहिला हामी संक्षम हौ अनि अरु राष्ट्रको विरोध गरेको सुहाउछ । विर सपुतको नाम बेच्ने हामी नेपाली विर गोखार्ली भनेर खुब मज्जाले घनघन गदै गीत गाउछौ हाम्रा पछिल्ला सन्ततिले हाम्रो बारेमा छाती फराकिलो पारी डगडगाउन सकुन खै कुरा बुझेको ? किन विर गोर्खालीको नाम बेचेर हामी विर बन्ने ? यस्तो पनि हुन्छ कै नभएको जात्रा हाडी गाँउमा भनेको यहि हो ।

हामी नेपाली राष्ट्र, राष्ट्रियता र जनताको भलो चाहने नै हो भने अव नेता र पार्टीको विकल्प खोज्नु पर्छ देख धेरै तल झरिसक्यो । राष्ट्रियता त झनै सकिसक्यो । जब राष्ट्रियता कमजोर हुन्छ तब बैरीले चाल पाउछन् अनि देश कमजोर बन्छ । देश कमजोर बन्नु भनेको हामी जनता कमजोर हुनु हो कति समय सम्म भजाउछौ विर गोर्खालीको शान ? अब हामीले राख्नु पर्छ नेपालीको शान । राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र बलोयो भयो भने यहाँ कुनै शक्तीले हल्लाउन सक्दैन । जनता मरेको म¥यै राष्ट्रियता कमजोर भएको भै अनि किन नहोस त बाह्य हस्तक्षेप ? सोचनीय विषय बनेको छ ।

प्रतिक्रिया