अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२४
| Colorodo: 09:39
मसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा १ लाख ४० हजार मतदाता थपिएका छन् ।निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली अनुसार स्थानीय तह निर्वाचन २०७९मा भन्दा १ लाख ४० हजार २ सय ६२ मतदाता थपिएका हुन् ।
२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेकोमा उपनिर्वाचनमा भने १ करोड ८१ लाख २८ हजार ८ सय ३२ पुगेको निर्वाचन आयोगले जनाएको छ । जसमध्य सबैभन्दा धेरै ४२ हजार ७९ मतदाता मधेस प्रदेशमा थपिएका छन् ।
यसै गरि कोशी प्रदेशमा ३३ हजार ३, बाग्मती प्रदेशमा २३ हजार १ सय ५९, लुम्बीनी प्रदेशमा २१ हजार ८ सय २६, कर्णालीमा १० हजार १ सय ९८, सुदुरपश्चिममा १३ हजार ६ सय १९ मतदाता थपिएका छन् । यस्तै गण्डकी प्रदेशमा भने ३ हजार ६ सय २१ मातादा घटेका छन् ।