अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२२ | Colorodo: 09:37

सुकिला नोट व्यवस्थापन गर्न दशैँमा नयाँ नोट ल्याएनौँ : राष्ट्रबैंक

बिआरटीनेपाल २०८१ असोज १५ गते ६:१४ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा भएका सुकिला नोट व्यवस्थापन गर्नका लागि दशैँमा नयाँ नोटको सट्टा सुकिला नोट साट्ने व्यवस्था गरेको बताएको छ ।आइतवारदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न पाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लीराम पोखलले विगतका दशैंमा नयाँ नोट साट्ने व्यवस्थालाई अब नयाँ नोट नभइ बैंकमा भएका सुकिला नोट व्यवस्थापनका लागि उक्त व्यवस्था गरिएको बताउनुभयो ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमासुकिला नोट साट्न सकिने व्यवस्था गरिएको बताउनुभयो । उहाँले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा सुकिला नोटहरु प्रशस्त रहेको र राष्ट्र बैंकले व्यवस्थापन गर्नुपर्ने भएकाले दशैंमा नोट व्यवस्थापन गर्न नयाँ नोट बजारमा नल्याएको उल्लेख गर्नुभयो ।राष्ट्र बैंकसँग तथा बैकिङ सिस्टममा प्रशस्त मात्रामा सुकिला, चलनचल्तीमा प्रयोग गर्न योग्य नोट साट्ने बताउनुभयो । उहाँले सुकिला नोट व्यवस्थापनमा समस्या रहेको भन्दै दशैंको अवसरमा व्यवस्थापन गर्ने उद्देश्यले नयाँ नोट बजारमा नल्याएको बताउनुभयो । उहाँले नयाँ नोट छपाई नेपालमा नहुने र विदेशी मुद्रा तिरेर नयाँ नोट छपाइ गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै छपाइको लागत कम गर्ने उद्देश्यले यो वर्षदेखि सफा नोट प्रयोगमा ल्याएको बताउनुभयो । उहाँले पुराना नोट प्रयोग गर्न अयोग्य भएपछि नयाँ नोट बजारमा आउने बताउनुभयो ।

सहायक प्रवक्ता पोखरलले अब परम्परा जस्तै रहेको दशैंमा मात्रै नयाँ नोट चाहिन्छ भन्ने मानसिकताबाट बिस्तारै मानिसहरुलाई बाहिर ल्याउन खोजिएको बताउनुभयो । उहाँले बजारको आवश्यकता अनुसार राष्ट्र बैंकले नयाँ नोट छपाइ र सटही गर्दैै जाने बताउनुभयो । उहाँले आम नागरिकले दशैंको समयमा नयाँ नोट बजारमा ल्याउँदा नोटको हिफाजत नगरेको भन्दै पैसालाई जतन गर्न आग्रह गर्नुभयो ।पोखरलले भन्नुभयो, ‘अब दशैंमा मात्रै नयाँ नोट चाहिन्छ भन्ने मानसिकताबाट बिस्तारै हामी बाहिर जानुपर्छ । आवश्यकताअनुसार राष्ट्र बैंकले नयाँ नोट छपाइ र सटही गर्दैै जान्छ । दशैंको समयमा नयाँ नोट बजारमा ल्याउँदा नोटको हिफाजत नहुने देखिएको छ ।’

सुकिला नोट साट्न चाहनेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् । नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो । तर यसवर्ष भने एकपटक प्रयोगमा आइसकेका नोट साट्न पाइने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू