अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०१ | Colorodo: 03:16

आजदेखि इन्द्रजात्रा शुरु

बिआरटीनेपाल २०८१ भदौ ३० गते ५:५४ मा प्रकाशित

काठमाडौं उपत्यकामा मनाइने मुख्य पर्व इन्द्रजात्रा आजदेखि शुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने इन्द्रजात्रा हनुमानढोकाको अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि शुरु भएको हो ।भाद्र शुक्लपक्ष द्वादशीको दिन इन्द्रध्वज उत्थान गरि शुरु हुने इन्द्रजात्रा नाचगान, रथयात्रा र देवीदेवताको पूजा गरि आठ दिनसम्म मनाइन्छ । यस बिच कुमारी, भैरव, गणेशको रथयात्रा पनि हुन्छ ।

असोज १ गते इन्द्रजात्राको मुख्य दिन हो । यस दिन राष्ट्रप्रमुखले हनुमान ढोकाको गद्दी बैठकबाट गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ । सरकारले यस दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । असोज ५ गते भने निबार नानिचा यात्रासँगै राति १०.३१ बजेको साइतमा इन्द्रध्वज ढालेपछि जात्रा सकिन्छ । काठमाडौंकासाथै ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायतका स्थानमा पनि इन्द्रजात्रा धुमधामका साथ मनाउने गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू