अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५७ | Colorodo: 10:12

कांग्रेस संस्थापनइतरले सिफारिस गर्‍यो मन्त्रीको नाम

बिआरटीनेपाल २०८१ असार ३१ गते ८:०२ मा प्रकाशित

नेपाली कांग्रेसको संस्थापनइतर समूहले नयाँ सरकारमा मन्त्री बन्नेको नाम टुंगो लगाएको छ । स्रोतका अनुसार, टुंगो लगाइएका नाम नेता डा। शेखर कोइरालाले सभापति शेरबहादुर देउवासमक्ष सिफारिस गर्नुभएको छ । इतर समूहले चार मन्त्रालय पाएको स्रोतको जिकिर छ । सिफारिस नाममा सुर्खेतबाट निर्वाचित सांसद हृदयराम थानी, धादिङबाट विजयी रामनाथ अधिकारी रहनुभएको छ। यस्तै, काठमाडौंबाट निर्वाचित सांसद प्रदीप पौडेल र सप्तरीबाट विजयी तेजुलाल चौधरीको नाम सिफारिस गरिएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार, मन्त्री बन्न सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार मुख्य आकांक्षी हुनुहुन्थ्यो। तर, उहाँहरूलाई छानिएन । “राज्यमन्त्री पाए लीला बोखिम, प्रतिमा गौतम, मैना कार्की रावललगायतको पनि चर्चा छ । तर, अहिले यसै भन्न सकिन्न,” स्रोतले भनेको छ । मन्त्रीको टुंगो लगाउन आइतबार बिहान विशालनगरमा उक्त समूहको बैठक बसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू