अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३९ | Colorodo: 07:54

कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

बिआरटीनेपाल २०८१ असार २६ गते ६:५२ मा प्रकाशित

पूर्वका कोशी र मधेस प्रदेशसहित गण्डकी र लुम्बिनीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । धेरैजसो ठाउँमा लगातार पानी पर्ने क्रम कम भएको तर कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना कायमै रहेको मौसमविद् सरोज पुडासैनीले बताउनुभयो । ती क्षेत्रका नदी तथा खोला तटीय क्षेत्रमा सावधानी अपनाउन पनि मौसमविद्को आग्रह छ ।

पछिल्लो ६ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । पूर्वी नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर र सरदर स्थानभन्दा माथि रहेकाले कोशी, मधेस, गण्डकी र बागमती प्रदेशका केही ठाउँमा पानी परेको हो ।

पश्चिम नेपालमा भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सरेकाले हिजो दिउँसोदेखि नै मनसुनको गतिविधिमा उल्लेख्य कमी आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू