अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२२ | Colorodo: 06:37

९ सय रुपैयाँ घट्यो सुन

बिआरटीनेपाल २०८१ असार २६ गते ६:४२ मा प्रकाशित

मंगलबार सुनको भाउ ९ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४५ हजार रुपैयाँ रहेको सुन मंगलबार प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ पुगेको थियो ।महासंघका अनुसार चाँदीको मूल्य ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८९० रुपैयाँ रहेको चाँदी आज १८८५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू