अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०७ | Colorodo: 18:22

देशका समस्याहरु सम्बोधन गर्न काँग्रेस—एमाले एक भयौँ : सांसद महत

बिआरटीनेपाल २०८१ असार २६ गते ६:१४ मा प्रकाशित

नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले देशका समस्याहरु सम्बोधनका लागि नेपाली काँग्रेस र नेकपा एमाले एक भएको बताउनुभएको छ । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।सांसद महतले गठबन्धन परिवर्तन गरिरहने, एक अर्को दलसँग मिलेर अस्थिरता निम्त्याइरहने प्रवृत्तिले देशलाई ठिक दिशामा नलैजाने भएकाले काँग्रेस एमाले मिल्नुपरेको बताउनुभयो । उहाँले वर्तमान सरकारले प्रतिवद्धता एउटा र काम अर्को गर्ने गरेको बताउनु भयो । सांसद महतले स्थिर सरकार बनाउन र देशका समस्या समाधानका लागि दुई दल एक ठाउँमा आएको बताउनुभयो । उहाँले संविधानमा रहेका समस्या समावेशिता, समानुपातिकतालाई सुनिश्चित गर्दै निर्वाचन पद्धतिलाई संशोधन गर्न आफूहरु एक भएको बताउनुभयो ।

सांसद महतले भन्नुभयो, ‘गठबन्धन परिवर्तन गरिरहने, कहिले एउटा दल, कहिले अर्को दलको प्रवृत्तिले देशलाई ठिक बाटोमा लगेन । आम जनतालाई पनि विश्वास दिन सकेन । कुरा धेरै भए, काम उल्टो भयो । त्यो परिवेशमा देशका जल्दोबल्दो समस्या समाधान गर्ने हो भने दुई ठूला दल बाँकी समयमा स्थिर सरकार बनाउन हामी लागेका हौँ । बाँकी समयलाई स्थिरतातर्फ लैजान, संविधानमा रहेका समस्या, खासगरी निर्वाचन पद्धति, समावेशिता, समानुपातिकतालाई सुनिश्चित गर्दै निर्वाचन पद्धतिलाई संशोधन गर्न सकिन्छ ।’सांसद महतले सबैलाई मान्य हुनेगरी मन्त्रालयको बाँडफाँड हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू