अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१६ | Colorodo: 19:31

विराटनगर महानगरकाे बजेट ३ अर्ब ४९ कराेड रुपैयाँ

बिआरटीनेपाल २०८१ असार ११ गते ६:४७ मा प्रकाशित

मोरङको विराटनगर महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको छ ।विराटनगरले चालू वर्षको भन्दा १३ करोड रुपैयाँ धेरैको बजेट ल्याएको हो । उपमेयर शिल्पा कार्कीले प्रस्तुत गरेको बजेटमा सबैभन्दा धेरै शैक्षिक विकास कार्यक्रमका लागि ७८ करोड, स्वास्थ्य विकास कार्यक्रमका लागि २० करोड ५७ लाख, नगरस्तरीय योजनाका लागि ३५ करोड रुपैयाँ विनियोजन भएको छ ।

यस्तै महानगपालिकाले युवा विकास कार्यक्रमका लागि ९५ लाख ८४ हजार, खेलकुद विकास कार्यक्रमका लागि १ करोड ८ लाख, रोजगार प्रवर्द्धन कार्यक्रमका लागि ७० लाख ४६ हजार रुपैयाँ बजेट विनियोजन गरेकाे छ । याे बजेट चालू आर्थिक वर्षभन्दा केहीले बढी हाे । महानगरले चालू आर्थिक वर्षका लागि महानगरपालिकाले ३ अर्ब ३६ करोड १७ लाख रुपैयाँकाे बजेट ल्याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू