अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५९ | Colorodo: 18:14

‘राष्ट्रिय स्वतन्त्र पार्टी’ राम्रै छ : अध्यक्ष ओली

बिआरटीनेपाल २०८१ असार ८ गते ७:४९ मा प्रकाशित

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई वर्षे कार्यकाल राम्रै रहेको टिप्पणी गर्नुभएको छ । शुक्रबार रास्वपा स्थापना दिवसको २ वर्षको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरुले जिज्ञासा राखेपछि अध्यक्ष ओलीले सो प्रतिक्रिया दिनुभएको हो । त्यस अवसरमा ओलीले रास्वपालाई स्थापना दिवसको शुभकामना पनि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, शुभकामना छ । रास्वपाको दुई वर्षे कार्यकाल राम्रै छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनु भएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले एमालेसँगको सहकार्यमा दोस्रो पटक सत्तारुढ गठबन्धनमा आवद्ध भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू