अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०० | Colorodo: 09:15

कुकुरलाई क्रूरतापूर्वक मारेको आरोपमा तीन जना पक्राउ

बिआरटीनेपाल २०८१ असार ४ गते ७:३० मा प्रकाशित

इलामको देउमाई नगरपालिका वडा नम्बर ४ सरदार गाउँमा कुकुरलाई क्रूरतापूर्वक मारेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीले पक्राउ परेका व्यक्तिहरूको नाम भने खुलाएको छैन ।

उनीहरूले कुकुरलाई लाठ्ठीले बारम्बार प्रहार गरी क्रूरतापूर्वक मारेर खाल्डोमा पुरेको भिडियो ‘भूतप्रेत’ नामबाट विभिन्न सामाजिक सञ्जालमा अपलोड गरेपछि प्रहरी अनुसन्धान थालेको थियो । प्रहरी चौकी जीतपुरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो घटना सामाजिक सञ्जालमा देखेपछि पशुपक्षी कल्याण सङ्घले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू