अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१२ | Colorodo: 09:27

मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे मलाई जानकारी छैन : अध्यक्ष नेपाल

बिआरटीनेपाल २०८१ जेठ ३१ गते ६:४० मा प्रकाशित

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारलाई लैजानेबारे आफूलाई जानकारी नभएको बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले दुवै पार्टीलाई सरकारमा सहभागी गराउने तयारी गरिरहेका बेला अध्यक्ष नेपालले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

बिहीबार अपरान्ह संसद भवन परिसरमा सञ्चारकर्मीहरुले मन्त्रिपरिषद् पुनर्गठनबारे प्रश्न गरेका थिए । त्यसको जवाफमा अध्यक्ष नेपालले सोबारे आफूलाई कुनै जानकारी नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालसँग भेटेर सोध्ने बताउनुभयो । अध्यक्ष नेपालले भन्नुभयो, ‘मलाई थाहा छैन । आज भेट हुँदाखेरी सोधौला । सांसदहरुको संसदप्रति रुची कम भएको होला ।’

प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा सहभागी गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर छलफल गर्दै आउनुभएको छ । तर नेपालले भने आफूलाई जानकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू