अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२७ | Colorodo: 23:42

बजेट भाषण- पर्यटन मन्त्रालयलाई ११ अर्ब रकम, गोरखामा ऐतिहासिक सङ्ग्रहालय

बिआरटीनेपाल २०८१ जेठ १५ गते ४:४१ मा प्रकाशित

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि सरकारले ११ अर्ब ९१ करोड रकम विनियोजन भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को बजेटमार्फत उक्त रकम विनियोजन गर्नुभएको हो ।

त्यस्तै गोरखामा राजतन्त्रदेखि गणतन्त्रसम्मको अभिलेख रहनेगरी ऐतिहासिक सङ्ग्रहालय निर्माण गरिने भएको छ । अर्थमन्त्री पुनले आर्थिक वर्ष २०८१/०८२ को बजेटमार्फत गोरखामा ऐतिहासिक सङ्ग्रहालय निर्माण गरिने योजना सार्वजनिक गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू