अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४९ | Colorodo: 23:04

यस वर्षको सगरमाथा आरोहण अन्तिम चरणमा

बिआरटीनेपाल २०८१ जेठ १२ गते ६:०० मा प्रकाशित

यस वर्षको सगरमाथा आरोहण अन्तिम चरणमा पुगेको छ । केही आरोहीले आउँदो मङ्गलवार आरोहण गर्ने बताए पनि आज बिहानदेखि धेरैजसो समूहको आरोहण सकिएको पर्यटन विभागको आधारशिविर फिल्ड कार्यालयका संयोजक खिमलाल गौतमले जानकारी दिनुभयो । ९० प्रतिशत भन्दा धेरै आरोहीको आरोहण सकिएको उहाँले बताउनुभयो ।विभागले अस्ति बिहीवारसम्म पाँच सय ७० जना भन्दा धेरैले आरोहण गरेको विवरण सार्वजनिक गरेको थियो । त्यसपछि थपिएका केही आरोहीको विवरण सङ्कलन गर्ने काम भइरहेको गौतमले बताउनुभयो । विभागले मे २९ ताखिरसम्म आरोहणको अनुमति दिन्छ ।

आरोहण सकिने क्रमसँगै आरोहण व्यवस्थापन गर्ने कम्पनीहरुले माथिल्ला शिविरबाट आफ्ना पाल तथा अरु बन्दोबस्तीका समान आधार शिविरमा ल्याउन थालेका छन् । आधार शिविरबाट पनि थुप्रै पालहरु उठाइसकेको विभागले जनाएको छ । यस वर्ष सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिएका थिए । उनीहरुमा सहयोगी समेत गरी झण्डै नौ सय जनाले आरोहण गर्ने अनुमान् रहेको र यकिन विवरण यस वर्षको आरोहण सकिएको केही दिनपछि मात्र प्राप्त हुने विभागले जनाएको छ । यस वर्ष आरोहणका क्रममा पाँच जनाको ज्यान गएको छ भने तीन जना हराइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू