अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०१ | Colorodo: 19:16

सुनको भाउ एकैदिन एक हजार आठ सय रुपैयाँले घट्यो

बिआरटीनेपाल २०८१ जेठ १० गते ६:१९ मा प्रकाशित

सुनचाँदीको भाउ आज घटेको छ । आज सुनको भाउ एक हजार आठ सय रुपैयाँले घटेर तोलाको एक लाख ३८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ एक लाख ४० हजार पाँच सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेकाे छ । चाँदी आज ३५ रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको एक हजार नौ सय रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू