अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४० | Colorodo: 13:55

फेवातालमा डुंगा दुर्घटना, ५ जनाको सकुशल उद्धार

बिआरटीनेपाल २०८१ वैशाख ११ गते ८:२४ मा प्रकाशित

सशस्त्र प्रहरीले फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरेको छ । मंगलबार दिउँसो अचानक आएको हावाहुरीको कारण डबल प्याडल बोटमा बोटिङ गरिरहेको डुंगा दुर्घटनामा परेपछि सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो ।

काठमाडौँ महानगरपालिका(२९ अनामनगर बस्ने ३० वर्षीय बिक्रम मिकरानी, २६ वर्षिया आशिफा भानु, ५४ वर्षिया अनैजा दिल शाह, ८ वर्षिया रजिना खातुन र करीव डेढ वर्षिया मिरा रानी फेवाताल नजिकै रहेको माछा पालन केन्द्रको जालमा अड्किएका थिए ।

यसअघि चैत्र २९ र २५ गते पनि फेवातालमा अचानक आएको हावाहुरीका कारण डुंगा पल्टिएको थियो । सो दुर्घटनामा परेका एक पुरुष र महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू