अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०७ | Colorodo: 19:22

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

बिआरटीनेपाल २०८१ वैशाख ११ गते ७:३८ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। उहाँहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रचण्ड र ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रम, सत्ता समीकरणको समीक्षालगायतका विषयमा छलफल भएको हो। भेटमा प्रदेशका सरकारका बारेमा पनि समीक्षा भएको बताइएको छ।

त्यस्तै आगामी आर्थिक वर्षको बजेटका साथै सरकारको नीति तथा कार्यक्रममा विषयमा पनि छलफल भएको बुझिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू