अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 20:10

सुदूरपश्चिम सरकारविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

बिआरटीनेपाल २०८१ वैशाख १० गते ६:५७ मा प्रकाशित

सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।नेकपा एकीकृत समाजवादीका दीर्घ सोडरीलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णयविरुद्ध नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले रिट दायर गर्नुभएको थियो । रिटमा आज प्रारम्भकि सुनवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले अन्तरिम आदेश नदिएको हो ।

यस्तै सर्वोच्चले दीर्घ सोडरीलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णयका कागजातसहित लिखित जवाफ पेस गर्न विपक्षीको नाममा आदेश दिएको छ । यसैबीच गण्डकी सरकारविरुद्ध परेको रिटमा आज सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । एमाले नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त हुँदा सभामुखको समेत समर्थन रहेको दाबी गर्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै रिट दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू