अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१५ | Colorodo: 11:30

मागेजति मन्त्रालय नपाएपछि लुम्बिनी प्रदेश सरकारबाट जसपा बाहिरियाे

बिआरटीनेपाल २०८१ वैशाख ९ गते ६:५६ मा प्रकाशित

मागेजति मन्त्री नपाएपछि लुम्बिनी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । मुख्यमन्त्री जोखबहादुर महराले दुई जना मन्त्री बनाइदिने सहमति पालना नगरेको भन्दै जसपाबाट मन्त्री बनेका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले आज राजीनामा दिनुभएको हो ।

लुम्बिनीमा जसपाले दुई वटा मन्त्रालय पाउने सहमति भएको थियो । सहमति कार्यान्वयन नभएकाले सरकारबाट बाहिरिएको जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताउनुभयो । सरकारले एकलौटि गर्दै गएमा विश्वासको मतसमेत फिर्ता लिने जसपाले चेतावनी दिएको छ ।

लुम्बिनीमा बहुमतका लागि ४४ जना सांसद आवश्यक पर्छ । अहिले १० सिट भएको नेकपा (माओवादी केन्द्र) का नेता जोखबहादुर महरा मुख्यमन्त्री हुनुहुन्छ । उहाँलाई २९ सिट भएको एमाले, चार सिट रहेको नागरिक उन्मुक्ति पार्टी, तीन सिट रहेको जसपा तथा नेकपा एकीकृत समाजवादीका एक जना र स्वतन्त्र एक जना सांसदको पनि समर्थन रहेको छ । लुम्बिनीमा अहिले ११ वटा मन्त्रालय छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू