अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०५ | Colorodo: 03:20

लागुऔषध मुद्दामा एन्फा उपाध्यक्ष लामा पेप्सीकोलाबाट पक्राउ

बिआरटीनेपाल २०८१ वैशाख ५ गते ७:४१ मा प्रकाशित

लागुऔषध मुद्दामा फरार रहेका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बुधवार पेप्सीकोलाबाट पक्राउ गरेको हो । उनलाई पेप्सीकोलामा गाडीमा सवार रहेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार पक्राउ परेका लामालाई जिल्ला अदालत काठमाडौंमा पेश गर्ने तयारी प्रहरीले गरेको छ ।​

उच्च अदालत पाटनले उनलाई २०६४ जेठ २० गते​ ​लागुऔषध खैरो हेरोइन कारोबारमा दोषी ठहर गर्दै ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।कैद र जरिवानाको फैसला भए पनि उनी फरार थिए ।​२०६१ साउन ८ गते ५ ग्राम खैरो हेरोइनसहित काठमाडौंको वनस्थलीबाट पक्राउ परेका लामालाई प्रहरीले लागुऔषध कारोबारीको अभियोगमा मुद्दा चलाएको थियो ।

तर काठमाडौं जिल्ला अदालतले २०६२ जेठ १० गते फैसला सुनाउँदै ५ ग्राम खैरो हिरोइन बिक्री वितरणका लागि पर्याप्त नभएको भन्दै लामालाई लागुऔषधको सेवनमा दोषी ठहर गरी ६ महिना कैदको फैसला सुनायो ।फैसलाको समयमा उनी ६ महिनाभन्दा बढी समय हिरासत र कारागार बसिसकेकाले छुटेका थिए ।त्यसपछि सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको थियो ।उनले तत्कालीन समयमा बरामद खैरो हेरोइन बिक्री गर्नका लागि बोकेका बयान दिएका थिए । उनलाई बिक्री वितरणमै दोषीको माग सरकारी वकिल कार्यालयले उच्चमा गरेको थियो । दाबी पुग्ने देखिएपछि उच्चले लामाविरुद्ध पाँच वर्ष कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो । फैसलापछि लामा फरार रहेका थिए ।

 

प्रतिक्रिया