अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२१ | Colorodo: 06:36

जसपाले राष्ट्रिय महाधिवेशनको तयारी तीव्र बनाउँदै

बिआरटीनेपाल २०८१ वैशाख ५ गते ७:०१ मा प्रकाशित

जनता समाजवादी पार्टी, नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राष्ट्रिय महाधिवेशनको तयारीलाई तिव्रता दिएको बताउनु भएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेसँगै महाधिवेशनको तयारीलाई तिव्रता दिइएको उहाँले बताउनुभयो ।

बस्नेतका अनुसार सङ्गठन विभागले सातै प्रदेश समितिबाट प्राप्त सङ्गठित पार्टी सदस्यतामाथि छानबिन गरी अभिलेख राख्ने काम गरिरहेको छ । त्यस्तै पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागले महाधिवेशनमा बोलाइने पाहुनालाई निम्तो दिने काम गरिरहेको छ भने महाधिवेशनस्थल जनकपुरधाममा हल, बासको प्रवन्ध मिलाउने लगायतका कार्य गर्न शुरु गरिएको छ ।

महाधिवेशनको प्रचार प्रसारबारे छलफल गर्न प्रचार प्रसार तथा प्रकाशन विभाग र सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागको संयुक्त बैैठक बुधबार दिउँसो २ बजे बोलाइएकोे छ ।जसपाको राष्ट्रिय महाधिवेशन जेठ २८, २९ र ३० गते हुने भएको छ ।

प्रतिक्रिया