अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:११ | Colorodo: 14:26

मधेश प्रदेश सरकारबाट लोसपा बाहिरियो

बिआरटीनेपाल २०८१ वैशाख ४ गते ७:३० मा प्रकाशित

मधेश प्रदेश सरकारबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाहिरिएको छ । आज बसेको लोसपाको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मतसमेत नदिने निर्णय गरेको हो । आजै लोसपाका वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिनुभएको छ । लोसपाले आफ्ना ९ जना सांसद रहे पनि जम्मा एउटा मात्रै मन्त्रालय दिएको भन्दै केही समयदेखि सरकारबाट बाहिरिने चेतावनी दिइरहेको थियो ।

यसैबीच, जनमत पार्टीले रोस्टम घेराउ गरेपछि मधेश प्रदेशसभाको आजको बैठक स्थगित भएको छ । आफ्ना मन्त्री र सांसदमाथि मुख्यमन्त्री सरोजकुमार यादवकै उपस्थितिमा गत माघ ८ गते राजविराजमा भएको साङ्घातिक हमलाको संसदीय छानबिन समिति बनाउन माग गर्दै रोस्ट्रम घेराउ गरेपछि प्रदेशसभाको बैठक स्थगित भएको हो ।  मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत लिन आज प्रदेशसभाको बैठक बोलाइएको थियो ।

प्रतिक्रिया