अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२७ | Colorodo: 13:42

नयाँ वर्षको पहिलो कारोबार दिन शेयर बजार घट्याे

बिआरटीनेपाल २०८१ वैशाख २ गते ८:४० मा प्रकाशित

नयाँ वर्षको पहिलो कारोबार दिन शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ३५ अङ्कले घटेर दुई हजार २३ दशमलव ३५ विन्दुमा झरेको छ ।आज फाइनान्स, हाइड्रोपावर, माइक्रोफाइनान्स र व्यापारबाहेक सबै समूहको शेयर घटेकोमा बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज गुराँस लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन सृजनशील लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।आज तीन सय २० वटा कम्पनीको ७७ लाख ९५ हजार कित्ता शेयर तीन अर्ब छ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावर कम्पनीको २१ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया