अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४१ | Colorodo: 19:56

त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा रिजाल र रेक्टरमा केसी नियुक्त

बिआरटीनेपाल २०८० चैत ३० गते ६:३६ मा प्रकाशित

प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा.केदार रिजाल र रेक्टरमा प्रा.डा. खड्ग केसीलाई नियुक्त गर्नुभएको छ । शुक्रबार प्रधानमन्त्री प्रचण्डले दुई जनालाई नियुक्त गरेको उपकुलपति प्रा.डा केशरजंग बरालले जानकारी दिनुभयो। ‘मैले सिफारिस गरेअनुसार नै कुलपतिसमेत रहनुभएका प्रधानमन्त्रीज्यूले रेक्टर र रजिष्ट्रार आज नियुक्त गर्नुभएको जानकारी आएको छ,’ बरालले भन्नुभयो ।

रिजाल त्रिवि वातावरण विज्ञान विभागका प्राध्यापक हुनुहुन्छ भने केसी भने अन्तर्राष्ट्रिय सम्बन्धन विभागका प्राध्यापक हुनुहुन्छ । उपकुलपति प्रा.डा केशरजंग बरालले केही समयअघि नै दुई जनालाई नियुक्तिका लागि सिफारिस गर्नुभएको  थियो तर उनीहरूलाई नियुक्ति गर्न प्रधानमन्त्री प्रचण्डले समय लगाउनुभयो । यसरी सिफारिस गरिएका व्यक्तिलाई नियुक्ति नदिएपछि उपकुलपति बराल समेत असन्तुष्ट बन्नुभएको थियो ।

त्रिविमा तीन महिनादेखि रजिष्ट्रार र पाँच महिनादेखि रेक्टर निमित्तको भरमा छन्। यसपालि दलीय भागबन्डाबिनै रजिष्ट्रार र रेक्टर नियुक्ति गर्नका लागि नाम सिफारिस गरिएको थियो। दलीय भागबन्डाले त्रिविलाई नराम्रोसँग गाँजेको भन्दै उपकुलपति नियुक्तिकै बेलादेखि दलीय भागबन्डा नगर्ने प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डले जनाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू