अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४५ | Colorodo: 23:00

गण्डकी प्रदेशमा मन्त्रालय फुटाएर ९ वटा बनाउने निर्णय

बिआरटीनेपाल २०८० चैत २९ गते ६:४२ मा प्रकाशित

गण्डकी प्रदेशमा सत्ता गठबन्धनका दलहरूलाई भाग पुर्‍याउनकै लागि मन्त्रालय फुटाएर सङ्ख्या बढाउने निर्णय भएको हो । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले सात वटा मन्त्रालय फुटाएर ९  वटा पुर्‍याउने निर्णय गर्नुभएको हो ।

आज बसेको मन्त्रिपरिषद्को बैठकमा मुख्यमन्त्री अधिकारीले मन्त्रालय फुटाउने प्रस्ताव गरेको र बैठकले प्रस्ताव पारित गरेको एक जना मन्त्रीले जानकारी दिएका छन् । गण्डकीमा यसअघि १२ वटा मन्त्रालय रहेकोमा २०७९ सालको पुस २५ गते मुख्यमन्त्री नियुक्त भएपछि अधिकारीले नै घटाएर सात वटा मन्त्रालय बताउनुभएको थियो । तर यस पटक भने आफ्नो सत्ता जोगाउन र गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सरकारमा ल्याएर बहुमत पुर्‍याउन अधिकारीले नै मन्त्रालयको सङ्ख्या सात वटाबाट ९  वटा पुर्‍याउन लाग्नुभएको हो ।

गण्डकीमा राप्रपाको समर्थनविना सत्तारूढ गठबन्धन र नेपाली कांग्रेस दुवैको सरकार बन्न नसक्ने अवस्था छ । राप्रपाले पनि सरकारलाई समर्थन गर्ने सम्भावना रहेको र उसका दुवै जना सांसदलाई मन्त्री बनाउन मन्त्रालयको सङ्ख्या बढाएको हुन सक्ने अनुमान छ । गण्डकीमा कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा (माओवादी केन्द्र) को सभामुखसहित आठ, राप्रपाका दुई र स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङेसहित ६० जना सांसद छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू