अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५१ | Colorodo: 20:06

उपनिर्वाचनकाे आचारसंहिता लागू

बिआरटीनेपाल २०८० चैत २८ गते ७:३५ मा प्रकाशित

निर्वाचन आयोगले  आजदेखि उपनिर्वाचनको आचारसंहिता लागू गर्ने भएको छ ।

बैशाख १५ गते सम्पन्न हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका  लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी इलाम र बझाङ जिल्लाभर आचारसंहिता लागू गर्ने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयाे ।

बैशाख १५ गते इलाम २ र बझाङ प्रदेशसभा १ मा उपनिर्वाचन हुँदैछ । ती क्षेत्रमा बैशाख १३ र १४ गते उपनिर्वाचन हुने स्थानका विद्यालय बन्द हुने पनि आयोगले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू