अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

मधेशमाथिको अन्याय अझै जारी छ : अध्यक्ष ठाकुर

बिआरटीनेपाल २०८० चैत २४ गते ७:३० मा प्रकाशित

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशमाथिको अन्याय मुलुकमा अझै जारी रहेको आरोप लगाउनुभएको छ । महोत्तरीको मटिहानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले सरकारले मधेशमाथि विभेद जारी राखेको जिकिर गर्दै अदालतले पनि न्याय नगरेको गुनासो गर्नुभयो । उहाँले सबैभन्दा बढी जनसंख्या रहेको मधेस प्रदेशमा कम बजेट दिनु, निर्वाचन क्षेत्र कम बनाउनु मधेश माथिको विभेदको उदाहरण रहेको बताउनुभयो ।

अध्यक्ष ठाकुरले देशको लगभग ५१ प्रतिशत जनसंख्या ओगटेको बताउनुभयो । अध्यक्ष ठाकुरले समग्र मधेसवासीको प्रतिनिधित्व मधेश प्रदेशले मात्रै गर्न नसक्ने भएकाले उनीहरुको हितका लागि अझै पनि संघर्षको आवश्यकता रहेको बताउनुभयो । लोसपा अध्यक्ष ठाकुरले नेपालको इतिहास नै हत्या हिंसाले भरिएको स्मरण गराउँदै आफूहरुले शान्तिपूर्ण संघर्ष गर्दा पनि गोली लठ्ठी खानुपरेको पीडा सुनाउनुभयो ।

अन्तरिम संविधानमा रहेका अधिकार पनि वर्तमान संविधानबाट हटाइएपछि पटक पटक संघर्ष गर्नुपरेको र सोही संघर्षका कारण कयौँले सहादत प्राप्त गरेको बताउनुभयो । संविधान संशोधन तथा आन्दोलनकारीहरुको न्यायका लागि अझै संघर्ष गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू