अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२७ | Colorodo: 19:42

नयाँ राजनीतिक दलले गरेको भ्रष्टाचार पनि भ्रष्टाचार नै हो : गगन थापा

बिआरटीनेपाल २०८० चैत २४ गते ७:२७ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचार नयाँ वा पुरानो राजनीतिक दलले गरेको भन्ने नहुने बताउनुभएको छ । शनिबार ललितपुरमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भ्रष्टाचार नयाँ वा पुरानो भनेर छुट नहुने बताउनुभएको हो ।राष्ट्रिय स्वतन्त्र पार्टी लक्षित टिप्पणी गर्दै महामन्त्री थापाले कानूनको शासन भन्दा माथि कोही पनि नहुने जिकिर गर्नुभयो । उहाँले प्रश्न भन्दा माथि कोही पनि नरहेको बताउनुभयो । उहाँले प्रश्न भन्दा माथि कोही पनि नेता नरहेको बताउनुभयो । उहाँले सर्वसाधारणले गरेको ठगी ठगी भएको जस्तै शक्तिशालीले गरेको ठगी पनि ठगी नै हुने भएकाले शक्तिशालीलाई छुट दिन नहुने बताउनुभयो । उहाँले सर्वसाधारणले गरेको कुनै कीर्ते कीर्ते नै हुने भएकाले शक्तिशालीको गरेको कीर्ते पनि कीर्ते नै हुने बताउनुभयो ।

महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै काँग्रेसले देशको उद्योग धन्दा बेचेर खाएको आरोप लगाउनुभएको भन्दै कम्युनिष्ट सरकारले अहिले एउटा उद्योग खोलेर देखाउन चुनौति दिनुभयो । उहाँले अहिले प्रधानमन्त्री, अर्थमन्त्री कम्युनिष्ट पार्टीकै भएकाले नयाँ उद्योग खोलेर देखाउन आग्रह गर्नुभयो । उहाँले सरकारले उद्योग धन्दा गर्ने नभइ निजी क्षेत्रले गर्नेमा कम्युनिष्टहरु जानकार रहेकाले पनि खोल्न नसक्ने बताउनुभयो । महामन्त्री थापाले २०८१ साललाई नेपाली काँग्रेसको पुनःजागरणको साल बनाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू