अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०९ | Colorodo: 17:24

शेयर बजार लगातार पाँचाैँ दिन घट्याे

बिआरटीनेपाल २०८० चैत २२ गते ८:०८ मा प्रकाशित

शेयर बजार लगातार पाँचौँ दिन आज पनि घटेको छ । गएको आइतवारदेखि ओरालो लागिरहेको शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ७३ अङ्कले घटेर दुई हजार चार दशमलव शून्य पाँच विन्दुमा झरेको छ ।आज फाइनान्स, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, निर्जीवन र व्यापारबाहेक सबै समूहको शेयर घटेको छ । आज उत्पादन तथा प्रशोधन समूहको शेयर सबैभन्दा धेरै एक सय १० अङ्कले ओरालो लागेको छ ।

आज पिपुल्स पावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन मानुषी लघुवित्त र मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

बजार घटे पनि आज कारोबार रकममा भने सुधार भएको छ । हिजाे साढे दुई अर्बको कारोबार भएकोमा आज तीन सय दुई वटा कम्पनीको ६९ लाख ६३ हजार कित्ता शेयर तीन अर्ब तीन करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै गुर्खाज फाइनान्स कम्पनीको २३ करोड ३२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू