अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३१ | Colorodo: 05:46

रास्वपाले स्वास्थ्यमन्त्री यादवलाई बुझायो २६ बुँदे सुझावपत्र

बिआरटीनेपाल २०८० चैत १५ गते ६:२३ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्यसम्बन्धी २६ बुँदे सुझावपत्र बुझाएको छ । बिहीबार रास्वपाको स्वास्थ्य तथा जनसंख्या विभागका तर्फबाट मन्त्रालयमा स्वास्थ्यसम्बन्धी २६ बुँदे सुझावपत्र बुझाइएको हो । रास्वपाले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क कार्यक्रमको ‘डुप्लिकेसन’बाट अलग गर्नुपर्ने, इमर्जेन्सी स्वास्थ्य सेवालाई राज्यको पूर्ण दायित्वभित्र पारिनुपर्ने माग गरेको छ ।

यस्तै, स्वास्थ्य बिमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै अझै सशक्त, सहज र पारदर्शी बनाउन एक स्वतन्त्र ‘थिंक ट्यांक’ बनाउनुपर्ने, तोकिएका औषधिको दायरा बढाउँदै स्टक सुनिश्चित गर्ने, दाबी प्रणालीलाई चुस्त बनाउने, बिमित एवं सेवाप्रदायकको सूचना तथा सञ्चारका निम्ति तीन अंकको हटलाइनको व्यवस्था गर्नेजस्ता कार्य अविलम्ब गर्नुपर्ने माग गरिएको छ ।

सञ्चारकर्मीसँग रास्वपा सांसद डा। तोसिमा कार्कीले अहिलेका स्वास्थ्य क्षेत्रमा रहेका समस्या र त्यसको समाधानका निम्ति २६ बुँदे सुझावपत्र बुझाइएको बताउनुभयो । उहाँले वीर अस्पतालमा २७/२८ बेड दैनिक रूपमा आईसीयू र भेन्टिलेटरहरू खाली रहेको तर आमनागरिक पहुँचबाहिर भएको विषयमा विशेष ध्यान दिन स्वास्थ्यमन्त्री यादवको ध्यानाकर्षण गराइएको जानकारी दिनु्भयो। ठूला सरकारी अस्पतालमा आमनागरिकले पाउने सेवा अनलाइन माध्यमबाट हेर्न मिल्ने गरी व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको कार्कीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू