अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०७ | Colorodo: 23:22

नेकपा एमाले समाजादी मोर्चामा सहभागी नहुने

बिआरटीनेपाल २०८० चैत ९ गते ६:२२ मा प्रकाशित

नेकपा एमाले समाजवादी मोर्चामा सहभागी नहुने भएको छ। शुक्रबार दिउँसो प्रधानमन्त्री पुष्पकमल प्रचण्डसँगको भेटपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्काल समाजवादी मोर्चामा सहभागी नहुने बताउनुभएको हो । सञ्चारकर्मीले दुई नेताबीच के-के कुराकानी भयो?भनेर सोधेको प्रश्नमा ओलीले समसामायीक विषयमा प्रधानमन्त्रीसँग राम्रै कुरा भएको संक्षिप्त प्रतिक्रिया दिनुभयो। दुई नेताबीच संसदमा कांग्रेसको विरोध,संक्रमणकालीन न्यायसम्बन्धी विधेयक लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यसअघि शुक्रबार बसेको चार दलीय समाजवादी मोर्चाको बैठकमा नेकपा एमालेलाई पनि सहभागी गराउने बारेमा छलफल भएको थियो । एमालेलाई मोर्चामा सहभागी गराउन अध्यक्ष ओलीसँग छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई जिम्मेवारी दिएको थियो।

समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र,एकीकृत समाजवादी,जनता समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’  नेतृत्वको नेकपा सहभागी छन्। विप्लव गत फाल्गुन ६ गते समाजवादी मोर्चाको संयोजक चयन हुनुभएको थियो। चाररचार महिनामा आलोपालो नेतृत्व सम्हाल्ने सहमति अनुसार यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल मोर्चाको संयोजक हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू