अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०५ | Colorodo: 23:20

१५ अंकले घटेर सेयर बजार बन्द, ४ अर्बको कारोबार

बिआरटीनेपाल २०८० चैत ८ गते ६:११ मा प्रकाशित

साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले  घटेर बन्द भएको छ। नेप्से परिसूचक १५.३७ अंकले घटेर २०४८.५७ विन्दुमा कायम भएको हो।सेन्सेटिभ इण्डे‍क्स  २.६१ प्रतिशतले घटेर ३६५.४२ विन्दुमा अडिएको छ। दोहोरो अंकले घटेको बजारमा कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ। यसदिन ३१५ कम्पनीको १ करोड ८५ लाख  ५२ हजार ७०५ कित्ता सेयर ४ अर्ब ३१ करोड ३० लाख १७ हजार ७१३ रुपैयाँमा खरिद बिक्री भएको छ।अघिल्लो कारोबार दिन बुधबार ३ अर्ब ४९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। धवलागिरि लघुवित्त वित्तीय संस्था र सर्वोत्तम सिमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। किसान लघुवित्त वित्तीयको ९.९१,कर्णाली डेभलपमेन्टको ९.२३ र उन्नति सहकारी लघुवित्त वित्तीय संस्थाको ९.२३ प्रतिशतले सेयर मूल्य बढेको हो।कारोबार रकमका आधारमा  माछापुच्छ्रे बैंक अग्रस्थानमा रह्यो।  सो कम्पनीको १ अर्ब २१ करोड  मूल्य बराबरको सेयर कारोबार भयो।

अधिकांश समूहको उपसूचक राताम्मे देखिएका छन्। ट्रेडिङबाहेक अन्य १२ वटा समूहको उपसूचक नकारात्मक देखिएका हुन्। कारोबारमा आएका ४९ कम्पनीको मूल्य बढ्दा १८७ वटाको घट्यो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू