अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२८ | Colorodo: 16:43

प्रधानमन्त्रीसँग आईसीसी प्रमुखकाे भेट

बिआरटीनेपाल २०८० चैत ७ गते ७:४१ मा प्रकाशित

अन्तर्राष्ट्रिय  क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बार्कलेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरूबीच आज भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्री प्रचण्डले आईसीसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताउनुभयो ।

नेपाल सरकारले क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर क्रिकेट पूर्वाधारलाई निकै प्राथमिकता दिएको पनि प्रधानमन्त्री प्रचण्डले बताउनुभएको छ । उहाँले सन् २०२७ को १९ वर्षमुनिको महिला विश्वकपका लागि नेपाल सरकारले निकै महत्त्व दिएको र आईसीसीबाट पनि महत्त्वपूर्ण सहयोग हुने अपेक्षा गरेको पनि उल्लेख गर्नुभएको छ ।

आईसीसीका अध्यक्ष बार्कलेले नेपालको क्रिकेट क्षेत्रको विकासका लागि आईसीसीले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । यस्तै अध्यक्ष बार्कलेले आजै युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग पनि छलफल गर्नुभएको छ । आईसीसीका अध्यक्ष बार्कले अस्ति नेपाल आउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू