अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२५ | Colorodo: 20:40

शेयर बजार १० अङ्कभन्दा धेरैले घट्याे

बिआरटीनेपाल २०८० चैत ४ गते ६:५३ मा प्रकाशित

हप्ताको पहिलो दिन शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ६२ अङ्कले घटेर दुई हजार ७० दशमलव २५ विन्दुमा झरेको छ ।

आज विकास बैंक, फाइनान्स र उत्पादनबाहेक अरू सबै समूहको शेयर घटेको छ । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्तको शेयर झण्डै आठ प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन आज सप्तकोशी विकास बैंकको शेयर १० प्रतिशत र गुराँस लघुवित्तको शेयर साढे नौ प्रतिशतले बढेको छ ।

आज ८४ लाख छ हजार कित्ता शेयर तीन अर्ब ३८ करोड ७९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको ४१ करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया