अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५५ | Colorodo: 05:10

४० देशका ८८ फिल्म प्रदर्शन हुने निफ महोत्सव उद्घाटन

बिआरटीनेपाल २०८० चैत १ गते ५:३५ मा प्रकाशित

नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) सुरू भएको छ। बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले निफ उद्घाटन गर्नुभएको हो । चैत ५ गतेसम्म निफ सञ्चालन हुनेछ। महोत्सव अवधिमा ४० देशका ८८ फिल्म प्रदर्शन हुनेछन्।

महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तर्क्रियाका कार्यक्रम पनि आयोजना गरिने आयोजकले जनाएको छ।

महोत्सवमा प्रदर्शन हुने फिल्म क्यूएफएक्स फिल्मका शाखाहरू सिभिल मल, लबिम मल, भक्तपुर र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन्।

 

प्रतिक्रिया