अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३८ | Colorodo: 23:53

सरकारी जग्गा हडप्नेलाई छोडिन्न – गृहमन्त्री श्रेष्ठ

बिआरटीनेपाल २०८० फागुन १९ गते ५:४० मा प्रकाशित

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारी जग्गा हडप्नेलाई सरकारले कुनै हालतमा नछाड्ने स्पष्ट पार्नुभएको छ । रोटरी क्लब अफ पाटन हेरिटेजले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले व्यक्ति वा संस्थाले कब्जा गरेको सरकारी जग्गा सरकारको नाममा फिर्ता ल्याइने उल्लेख गर्नुभयो। सरकारी जग्गा हडप्नेलाई कारबाही गर्न खोज्दा चारैतिरबाट विरोध हुने गरे पनि सरकार पछि नहट्ने श्रेष्ठको भनाइ छ ।

ललितानिवास, छाला तथा जुत्ता कारखानाको जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया सुरु भइसकेको उहाँले बताउनुभयो। राजनीतिक पहुँच भएकै भरमा जे पनि गर्न हुने कुरालाई खण्डित गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिनुभएको छ । गृहमन्त्री श्रेष्ठले हरेक वर्ष चार लाख युवा नफर्कने गरी विदेशीने गरेको भन्दै यसलाई रोक्नुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू