अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४३
| Colorodo: 11:58
निषेधित क्षेत्र तोडेर सङ्घीय संसद् भवनमा प्रवेश गरेका लघुवित्तका ऋणीहरूलाई प्रहरीले छाडेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनबाट फागुन १४ मा ४८ जना महिला र एक जना पुरुषलाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको थियो ।
सार्वजनिक शान्ति विरुद्धको कसुरमा थुनामा रहेका ४९ जनालाई रिहा गरिएको उपत्यका प्रहरी कार्यालयका अतिरिक्त प्रहरी महानिरीक्षक दीपक थापाले जानकारी दिनुभयो । घटनाबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरिएको छ ।
समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डीएसपी दिनेश घिमिरे सदस्य हुनुहुन्छ ।