अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०१ | Colorodo: 19:16

मिटरब्याज पीडितको खाली खुट्टा मार्चपास

बिआरटीनेपाल २०८० फागुन १५ गते ५:२० मा प्रकाशित

मिटर ब्याज पीडितहरुले मंगलबार खाली खुट्टा नै मार्चपास गरेका छन्। भृकुटीमण्डपबाट सुरु भएको मार्चपास सहिदगेट, न्युरोड, वीर अस्पताल हुँदै शान्ति बाटिका पुगेर आमसभामा परिणत भएको थियो। सरकारसँग वार्ताका लागि गएको मिटर ब्याज पीडितहरुको टोली पनि खालि खुट्टा नै गएको हो। देशका विभिन्न ठाउँबाट पैदलयात्रा गरी प्रदर्शन गर्न काठमाडौं आएका मिटरब्याज पीडितलाई मंगलबार बिहान भृकुटीमण्डपस्थित प्रदर्शनी हलबाट राष्ट्रिय अपांग कोष नजिकको खाली ठाउँमा सारिएको थियो।

त्यहाँ बसेका उनीहरूलाई मंगलबार महानगरीय प्रहरीले सारेको हो। यही फागुन १७ गतेदेखि त्यहाँ मेडिकल सम्बन्धी कार्यक्रम भएका कारण उनीहरूलाई त्यहाँबाट नजिकै रहेको अपांग कोष छेउको खाली ठाउँमा सारिएको नगर प्रहरीले जनाएको थियो। लामो समयदेखि मिटरब्याज पीडितहरू देशका विभिन्न ठाउँबाट राजधानीमा आएर न्यायको माग गरिरहेका छन्। उनीहरूले पटक-पटक ध्यानाकर्षण गराउँदा पनि आफूहरूको माग सम्बोधन नभएको भन्दै सरकारप्रति असन्तुष्टिसमेत जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू