अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२४ | Colorodo: 01:39

१२ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला फागुन १८ गतेदेखि

बिआरटीनेपाल २०८० फागुन १२ गते ४:५० मा प्रकाशित

१२ औँअन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८० आउँदो १८ गतेदेखि शुरु हुँदैछ । आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपका अनुसार २७ गतेसम्म चल्ने मेला काठमाण्डौ, दाङ, पोखरा र ललितपुरमा हुनेछ । मेलामा अष्ट्रिया, बेल्जियम, बोस्टवाना, इस्टोनिया, जर्मनी, भारत, इन्डोनेशिया, मलेसिया, पोल्याण्ड, साउथ अफ्रिका र नेपालसहित विभिन्न राष्ट्रका विभिन्न सांस्कृतिक समूहका ३५० भन्दा बढी कलाकारहरुले भाग लिने आयोजकले जनाएको छ । मेला २०५८ देखि हरेक २ वर्षमा नियमित आयोजना हुँदै आएको छ ।

शुरुवातदेखि एघारौँ संस्करणसम्म मेलामा करिब ८५ भन्दा बढी देशका ८ हजार ५ सय भन्दा बढी कलाकारहरुले घर आँगनमा आ–आफनो देशको मौलिकता झल्कने झाँकीसहित विविध लोकसांस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेको आयोजकको दाबी छ ।  नेपालमा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्नु मेलाको मुख्य उद्देश्य रहेको आयोजकले बताएको छ । मेलाको उद्घाटन फागुन १९ गते शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ ।

प्रतिक्रिया