अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०९ | Colorodo: 20:24

जाजरकाेटका भूकम्प पीडितलाई क्यानकाे २० लाख रुपैयाँ सहयाेग

बिआरटीनेपाल २०८० फागुन १२ गते ३:५९ मा प्रकाशित

नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २० लाख रुपैयाँ जम्मा गरेको छ । आईसीसी टी–२० विश्वकप २०२४ को एसिया छनोटअन्तर्गत फाइनल खेलको टिकटबाट प्राप्त ५० प्रतिशत रकम अर्थात् २० लाख रुपैयाँको चेक आज क्यानका पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।

यो रकम गएको कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पका पीडितको राहत र पुनर्स्थापनामा खर्च हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू