अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५६ | Colorodo: 20:11

अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा दुईजना पक्राउ

बिआरटीनेपाल २०८० फागुन ११ गते ६:५२ मा प्रकाशित

अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा प्रहरीले पोखराबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा घर भएर कास्कीको पोखरा महानगरपालिका बस्ने ३७ वर्षीय विशाल साह कलवार र रुपन्देही घर भएर पोखरा बस्ने २५ वर्षीय इमरान अहमद खान छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालयको टोलीले पोखरा महानगरपालिका–११ स्थित फूलबारीबाट उनीहरूलाई पक्राउ गरिएको कास्कीका एसपी मोहन थापाले जानकारी दिनुभयो। आरोपीहरूले पोखराको सिद्धेश्वर मार्गमा कोठा भाडामा लिएर अवैध कल बाइपास गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । कल बाइपास गर्न प्रयोग गरिएको १२८ पोर्ट क्षमताको डिभाइस प्रहरीले बरामद गरेको छ । सो कल बाइपास सेन्टर श्रीलंकन नागरिकले सञ्चालन गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । श्रीलंकन नागरिक फरार छन् ।

अन्तर्राष्ट्रिय कलको कुनै पनि सेवा शुल्क सञ्चार प्रदायक संस्थाले नपाउने गरी कल बाइपास गर्नेहरूलाई दूरसञ्चार ऐन–२०५३ को दफा ४७ को उपदक्ता–२ अनुसार कारबाही हुन्छ । सो ऐनअनुसार ५ वर्षसम्म कैद र जरिवाना हुने कानुनी व्यवस्था छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू