अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२७ | Colorodo: 22:42

बजेटको सिद्धान्त र प्राथमिकताबारे माओवादीले पार्टी सांसदलाई प्रशिक्षण दिने

बिआरटीनेपाल २०८० माघ २३ गते ४:४६ मा प्रकाशित

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले आगामी आर्थिक वर्षको लागि बजेटका सिद्धान्त र प्राथमिकताकाबारे संसदमा छलफल गर्नुपूर्व पार्टीका सांसदहरुलाई प्रशिक्षण दिने भएको छ । मंगलबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले संसदीय दलको बैठकमा तेस्रो अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी सांसदहरुलाई निर्देशन दिनुभएको बताउनुभयो । उहाँले सरकारले यही अधिवेशनमा सरकारको बजेटका सिद्धान्त र प्राथमिकताकामारे छलफल गराउन लागेको र सो बारेमा संसदमँ छलफल गर्नु अगाडि दलका सांसदहरुलाई अन्तरक्रिया सहितको प्रशिक्षण कार्यक्रम गर्ने निर्णय भएको बताउनुभयो ।

प्रमुख सचेतक पाण्डेले फागुनको १४ भन्दाअघि नै प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने निर्णय भएको बताउनुभयो । उहाँले बैठकमा अध्यक्ष दाहालले सरकारले अघि बढाएका सुशासन, समृद्धि र सामाजिक न्यायकाबारे आवाज उठाउन सदस्यहरुलाई निर्देशन दिनुभएको बताउनुभयो । बैठकले राष्ट्रिय सभामा गठबन्धनको तर्फबाट विजयी सदस्यहरुलाई शुभकामना दिने निर्णय गरेको बताउनुभयो । प्रमुख सचेतक पाण्डेले सदनलाई प्रभावकारी बनाउन क्यालेण्डर निर्माण गरिएको सो क्यालेण्डर दुवै सदनमा कार्यान्वयन गर्न विशेष जोड दिन पनि अध्यक्ष दाहालले निर्देशन दिनुभएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू