अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४२ | Colorodo: 07:57

प्रमोद खरेलको नयाँ गीत ‘मनमा पर्‍यो चोट’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०८० माघ २० गते २१:०४ मा प्रकाशित

काठमाडौँ । गायक प्रमोद खरेल स्वरबद्ध नयाँ गीति भिडियो ‘मनमा पर्‍यो चोट’ सार्वजनिक भएको छ । सोमबार युट्युबमार्फत वर्ल्ड प्रिमियम गरिएको गीतले प्रेमको लालचमा परेर धोका पाएको युवकको कथा बोल्छ ।

स्वार्थ केन्द्रित प्रेमको जालमा फसाएर एक युवतीले युवकको जिन्दगीमाथि गरेको खेलबाडलाई भिडियोमा फिल्मी शैलीमा प्रस्तुत गरिएको छ । पछिल्लो समयमा युवा युवतिमा फस्टाउँदो नाटकीय प्रेम र त्यसले सम्बन्धित व्यक्तिको जीवनमा ल्याउने उतारचढावलाई निर्देशक गौरव गिरीले भिडियोमा चित्रण गरेका छन् ।

मोडल द्वय एलपी शर्मा र उषा उप्रेतीको जीवन्त अभिनय भिडियोमा देख्न सकिन्छ । साथमा कलाकार भद्रजंग कुँवर समेत अभिनयमा रहँदा दिवसनाथ, रोहित देउवा, हेमन्त धामी, सञ्जु अधिकारी, सुसन्या लिली खड्कालाई पनि देख्न सकिन्छ ।

गौरव गिरी र एलपी शर्माको शब्द रचना रहेको गीतमा पछिल्लो पुस्ताका उदयिमान संगीतकार रोहित देउवाले संगीत भरेका छन् । एरेञ्जको काम विषम आचार्यको छ भने मिक्सिङ तथा मास्टरिङ सजन शाहको छ ।

वसन्त कुँवरले छायाङ्कन गरेको भिडियोमा कालिञ्चोक आसपासका रमणीय दृश्यलाई सुन्दर तरिकाले कैद गरिएको छ । सम्पादन बलभद्र कुँवरको रहँदा मेकअपमा सरस्वती श्रेष्ठ र प्रोडक्सन म्यानेजरमा दिनेश खड्का छन् ।

यसअघि सामाजिक कथावस्तु बोकेको ‘लिलू’मा देखिएका मोडल शर्मा त्यसपछि प्रेम भावको गीतमा पनि फिट देखिएका छन् । फरक विधाका कथावस्तुमा अभिनयमा रुचि राख्ने शर्मा यथार्थपरक अभिनयमा आफ्नो ध्यान रहने बताउँछन् । 

प्रतिक्रिया